आज काठमाण्डौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन् । दिन दिनै संक्रमितको संख्या बढ्ने क्रम जारी रहेका बेला आज काठमाण्डौमा ६९७, ललितपुरमा ११२, भक्तपुरमा ९३ जना संक्रमित थपिएका छन् ।
उपत्यकामा जनघनत्व बढीरहेकाले पनि संक्रमितको संख्या निरन्तर बढ्ने क्रम चलिरहेको छ । उपत्यकामा देशभर थपिने संक्रमितको आधा भन्दा बढी थपिने गरेको पाईएको छ ।
नेपालमा आज १५५संक्रमित थपिएका छन् । आज १२ हजार २०५ जनामा गरिएको परीक्षणमा १५ सय ५९ जना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या ७७ हजार ८१७ जना पुगेका छन् । सक्रिय संक्रमित २०८९१ जना रहेका छन् ।
२४ घण्टामा एक हजार ५७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline