लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

विराटनगर असोज १४ । सुनसरी हरिनगरा-६ बस्ने २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन । अन्सारीलाई गत सोमबार ईटहरी-६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

अन्सारीले अबैध लागुऔषधको  कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको थियो । नियन्त्रण पश्चात उनले बोकेको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखीएको अवस्थामा १६ सय Nitrosun-ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

यस्तै मोरङको दरैयाबाट ३६ बर्षीय दिपक तामङ लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ पौने ७ बजे मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट SPASMO- १० चक्की , NITROVET –१० चक्की र DIALEX –Dc ३ बोतल लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ