बैरियरबाटै हुन्छ करोडौको अवैध धन्दा 

बैरियरबाटै हुन्छ करोडौको अवैध धन्दा 

  • बुधबार, अशोज १४, २०७७
  • -दिपक चौरसिया

  • 9.8K
    SHARES

पर्सा, १४ आश्विन / वीरगंज महानगरपालिकाको कर उठाउनको निम्ति भएको टेन्डर प्रक्रियाको नियमावली विपरीत बैरियरबाटै महानगरपालिकाको नाममा करोडौको अवैध धन्दा चालु भएको छ । वीरगंज महानगरपालिकाले ४ करोड ९० लाख रुपैयाको सलानामा टेन्डर प्रक्रिया गरेपनि एक ठाउको सट्टा दर्जनौ ठाउहरुमा व्यापक रुपले अवैध धन्दा चालु गरिएको हो ।

वीरगंज महानगरपालिका भित्र प्रवेश गर्ने भारतीय गाडीहरुबाट ठेकेदारले एक ठाउको सट्टा चार चार ठाउहरुमा अवैध तरिकाले रकम असुली गरिरहेको पाइएको छ । वीरगंज हानगरपालिकाले गरेको टेन्डर प्रकृयामा महानगरपालिकाको बिभिन्न ठाउहरु गरी १८ वटा ठाउहरुमा बैरियरको माध्यमले कर उठाउन निर्देशन दिएपनि ठेकेदारहरुले प्रहरी प्रशासनकै संरक्षण पाए पश्चात २२ वटा ठाउ“हरुमा महानगरको नामले रकम उठाउन व्यस्त रहेको हेरिएको छ । यता भारतबाट मालसमान बोकी नेपाल भित्रिने भारतीय ट्रकहरुबाट एक ठाउको सटा ४—४ ठाउहरुमा बैरियरकै माध्यमले रकम असुल गरिरहेको पाइएको छ । स्थानीय प्रहरी प्रशासनको सहयोग पाए पश्चात ठेकेदार कम्पनीले आफ्नो अवैध धन्दा सुचारु गरेको कारण भारतीय चालक ठगिदै आएको भारतीय चालकले दुखेसो पोखेका छन ।

पर्साको प्रहरी चौकी परवानिपुरबाट नजिकै लगाइएको बैरियर पूर्ण रुपले अवैध रहेपनि हालसम्म प्रहरीले हस्तक्षेप नगरेको पाइएको छ । वीरगंज महानगरपालिका भित्र रहेको बिभिन्न ठाउहरुमा अवैध तरिकाले बैरियर संचालन गरी रकम उठाएपनि प्रहरी चौकी अगाडी समेत बैरियर संचालन गरी रकम उठाइरहेको पाइएको छ । यस बिषयमा पत्रकार घटना स्थलमा पुगे लगत्तै रकम उठाउने व्यक्ति बैरियर नै छोडि फरार समेत भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ