असोज १४ काठमाण्डौं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन । आज बेलुका ५ बजे सम्म लगानीकर्ताले शेयर आवेदन गर्न सक्ने छन् ।
तर यस पटक ७ लाख हाराहारी आवेदन यस अघि नै परीसकेको र आज समेत गर्दा सात लाख नाघ्न सक्ने अनुमान गरिएको छ ।
यस्तो स्थितिमा कुनै पनि आवेदकलाई १० कित्ता शेयर पर्नु पनि सकारात्मक हुने छ । आवेदन दिने मध्य आधा भन्दा बढीको हात खाली हुने संभावना छ ।
मंगलबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा वेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परिसकेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो।