काठमाडौँ , १३ असोज ।
पछिल्ले २४ घण्टामा देशभरबाट १० जना कोरोना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् ।
मंगलबार १० जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा काठमाडौँका ५७ वर्षीया महिला , काठमाडौँकै ६० , ७० वर्षीया दुइ पुरुषको ज्यान गएको छ ।
यस्तै उपत्यका बाहिर मोरंगका ६८ वर्षीया पुरुष , सर्लाहीकी ७२ वर्षीया महिला , महोत्तरीका ५८ वर्षीया पुरुषको पनि आजै कोरोना संक्रमणबाट निधन भएको हो ।
चितवनका ५५ वर्षीया पुरुष , बाँकेका ७६ वर्षीया महिला , बाँकेकै ५३ , ३९ दुइ पुरुषलको पनि मृत्यु भएको हो ।
आज १० जना कोरोना संक्रमितको निधन भएसंगै कुल कोरोना संक्रमित मृतकको संख्या ४ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ०.६४ पतिशतले ज्यान गुमाएका छन् ।