मोरङ,असोज १३ । संखुवासभा घर भई हाल उर्लाबारी–७ स्थितमा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको छ ।
मल्लिकलाई उर्लाबारी–७ मै होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत आईताबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनि विच बादविबाद हुदा गोपालले एक्कासी उनलाइ कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए ।
वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा लगी उपचार गराईरहेकोमा उपचारकै क्रममा उनको आज विहान साढे ४ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
कुटपिट गर्ने होटल संचालक गोपाल तामाङ लाई पक्राउ गरी कानुनी कार्बाही अघि बढाईएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline