रोयल च्यालेन्जर्स बैङलोरको दोश्रो जित

रोयल च्यालेन्जर्स बैङलोरको दोश्रो जित

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एजेन्सी ।
रोयल च्यालेन्जर्स बैङलोरले ईण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दोस्रो जित हात पारेको छ ।
गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बैङलोरले मुम्बई ईण्डियन्सलाई पराजित गर्दै बैङलोरले सिजनको दोस्रो जित दर्ता गरेको हो ।

रोयल च्यालेन्जर्स बैङलोर र मुम्बई ईण्डियन्सको खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनाएको थियो । जुन लक्ष्य बैङलोरले सहजै पुरा गर्यो ।

नियमित समयमा २ सय २ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाएर २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।

ईशान किशानले ९९ र कायरन पोलार्डले अबिजित ६० रन बनाउदै बैङलोरसंगको स्कोर बराबरी गरेका थिए । हार्दिक पाण्डेयाले १५ र क्विन्टन डि ककले १४ रन बनाए । बैङलोरका ईश्रु उडानाले २ तथा वासिन्टन सुन्दर, युजबेन्द्र चहाल र एडम जाम्पाले समान एक किवेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैङलोरले ३ विकेटको क्षतीमा २ सय १ रनको उच्च योगफल तयार पारेको थियो । मुम्बईबिरुद्ध बैङलोरका ३ ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । एबी डिभिलियर्सले अबिजित ५५ रन बनाएको ईनिङसमा देवदत्त पाडिक्कलले ५४ र एरोन फिन्चले ५२ रन बनाए । शिभम दुवेले २७ रन जोडे । मुम्बईका ट्रेन्ट बोउल्टले २ तथा राहुल चहारले १ विकेट लिए ।

आईपीएलको ११ औ खेलमा आज सनराईजर्स हैदरावाद र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ