लिभरपुलको लगातार तेश्रो जित

लिभरपुलको लगातार तेश्रो जित

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी ।
प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेश्रो जित दर्ता गराएको छ । साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ ।
सोमबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।

लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।

सोमबार राति भएको खेलमा एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा पाहुना आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । एन्ड्रयु रोबर्टसनको गल्तीको फाइदा उठाउँदै लाकाजेट्टी लण्डन क्लबलाई अघि बढाएका थिए ।

त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए ।
रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे । जोटा ४५ मिलियन पाउण्डमा यसै सिजन उल्भ्सबाट लिभरपुल आएका हुन् । उनले घरेलु मैदानमा डेब्यु गरेको खेलमा गोल गर्न सफल रहे ।

आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो । लिभरपुलले भने शतप्रतिशत जित सहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ