असोज १३ काठमाण्डौं । सर्वोच्च अदालतले चाड पर्व, रीतिरिवाज, संस्कृतिसगँ जोडदै बर्षमा ६ पटक सम्म मदिरा बनाउन रोक नलगाउन आदेश जारी गरेको छ ।
अनुमति विनाको मदिरा उत्पादन रोक्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले बर्षमा ६ पटक सम्म पाँच लिटर मदिरा र दश लिटर जाँड उत्पादन गर्न दिन पनि आदेशमा भनेको छ ।
न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश जारी गरेको हो ।
कुलमा एक बर्षमा ३० लिटर रक्सी र ६० लिटर जाँड एक परिवारले उत्पादन र खपत गर्न सक्ने छ । नेपालमा विभिन्न समुदायले चाडपर्वहरुमा अनिवार्य घरेलु मदिरा र जाँडको प्रयोग गर्ने चलन छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline