जुम्लाबाट १९ औं अनसन थालेका डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दैः सरकार न माग पूरा गर्छ न वार्ता

जुम्लाबाट १९ औं अनसन थालेका डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दैः सरकार न माग पूरा गर्छ न वार्ता

  • सोमवार, अशोज १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

असोज १२ काठमाण्डौं । ९ बर्षको अवधिमा १९ औं पटक चिकित्सा स्वास्थ्य क्षेत्र सुधारका माग राखेर गत भदौ २९ गते जुम्लाको चन्दननाथपुरबाट अनसन थालेका डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै गएको छ ।
उनलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टरमा लगेको थियो तर पछि शिक्षण अस्पतालमा उनको उपचार जारी छ । उनले १९ औं सत्याग्रह थालेको १४ दिन पुगेको छ ।
उनलाई कुनै पनि बेला आईसियुमा हाल्नु पर्ने अवस्था आउन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । शरीरमा पानीको मात्रा समेत कम भएको बताईएको छ ।
२०६९ साल असार देखि उनले पहिलो पटक अनशन बसेका थिए ।
डा. केसीको अनसनको समर्थनमा देशभर हजारौ मानिसहरुले सडकमा प्रदर्शन पनि गरेका थिए ।
त्यस पछि उनले पटक पटक माग पूरा नभए पछि बाहिरी जिल्लाहरुमा गएर पनि अनशन गरेका छन् ।
उनले चिकित्सा क्षेत्र सुधार, आईओएममा वरिष्ठता र मापदण्डका आधारमा पदाधीकारी नियुक्ति लगायतका माग राख्दै आएका छन् ।
सरकारले पटक पटक डा. केसीसगँ वार्ता गरेर सहमति गरे पनि सहमति कार्यन्वयन नभएको डा. केसीले बताउदै आएका छन् ।
यस पटक सरकारले वार्ता बारे समेत कुनै चासो दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ