असोज ११ काठमाण्डौं । लागु औषध नियन्त्रण ब्युरोले अफिम सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
ब्युरोको केन्द्रीय कार्यलय र पोखराबाट खटिएको टोलीले हिजो कास्की पोखरा हानगरपालिका वडा नं. ६ स्कूलमार्ग स्थितबाट जिल्ला पुर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं.१ बस्ने वर्ष ५० को गज पुन, सोही ठाँउमा बस्ने वर्ष ४० को चक्कर बहादुर पुन र जिल्ला गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २४ को रबि गुरुङ सहित ३ जनालाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।
उनीहरुको साथबाट १० के.जि. ५०० ग्राम र लागू औषध तौल गर्ने डिजिटल तराजु सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलय कास्कीमा राखिएको छ ।
पक्राउ परेका गज पुन लामो समय देखि पुर्वी तथा पश्चिम रुकुम जिल्लाहरुमा अवैध लागू औषध अफिमको कारोवारमा सक्रिय रहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।