काठमाडौँ उपत्यकाका ५ सहित देशभर १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ उपत्यकाका ५ सहित देशभर १० जना कोरोना संक्रमितको मृत्यु

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ , ११ असोज ।
पछिल्लो २४ घण्टामा देशभरबाट १० जना कोरोना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् ।
आज १ महिला र ९ पुरुष गरि १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज काठमाठौँ उपत्यकाका ललितपुरका ४२ र ७७ वर्षीया पुरुष , काठमाडौँका ३१ , ३२ वर्षीया पुरुष र काठमाडौँकी ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
यसैगरी बाराका २० वर्षीया , रुपन्देहीका ७२ वर्षीया , अछामका ३४ वर्षीया पुरुष , बर्दियाका ५० र ६३ वर्षीया पुरुषले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।

मन्त्रालयको अनुसार कुल कोरोना संक्रमित मध्य ०.६५ प्रतिशत अर्थात ४ सय ७७ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ