रियल मड्रिडको रोमाञ्चक जित

रियल मड्रिडको रोमाञ्चक जित

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी ।
ला लिगा फुटबलमा रियल मड्रिडले शनिबार रोमाञ्चक जित निकालेको छ । शनिबार राति रियल मड्रिडले रियल बेटिसबिरुद्ध ३–२ को जित निकालेको हो ।

स्पेनिस लिगको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित निकालेको हो ।

निर्धारीत समयमा रियलले खेलमा अग्रता बनाएको थियो । भाल्भर्डेको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो
। रियललाको अग्रता तोड्न मान्डेले ३५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसको दुई मिनेटपछि विलियम कार्भाल्होले बेटिस क्लबलाई खेलमा अग्रता दिलाएका थिए । लिटी डी सुजा जुनियरको आत्मघाति गोलसंगै मड्रिड क्लब पुन खेलमा फर्किएको थियो ।

खेल सकिन ८ मिनेट अघि सर्जियो रामोसको पेनाल्टी गोलमा रियलले जित दर्ता गरेको हो । रियलले रियल भालाडोलिडसंग सिजनको खेलमा गोल रहित बराबरी खेलेको थियो ।

रियल मड्रिडले २ खेलबाट तालिकामा ३ अंक जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ