रौतहट , १० असोज ।
रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा ४ जनाको समुहले तिवारी दम्पतीमाथी आक्रमण गरेका छन् ।
४ जनाको समूहले तिवारी दम्पतीमाथी धारिला हतियार खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश तिवारीकी पत्नि जगरामी देवीको मृत्यु भएको हो ।
चार जनाको समुहले आक्रमण गर्दा गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको पनि अवस्था गम्भीर रहेको छ ।
उक्त घटनामाम संलग्न चार जना मध्ये स्थानीय बली मुखियालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले बताए ।
शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, बलिराम मुखिया र सोनालाल मुखिया सहित चार जनाको समुहले तिवारी दम्पतीलाई आक्रमण गरेका थिए ।
प्रजित र सोनालाल दाजुभाई हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक शाहले बताएका छन् ।
साँझ साढे ८ बजेतिर गाउँमा गफ गरेर बसिरहेको बेला खुकुरी लिएर आएका समूहले महेशलाई मार्ने धम्की दिए । त्यसपछि सो समूह गाउँको दक्षिणतिर लाग्यो ।
महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्सपेक्टर मेदनी शाहलाई फोन गरे । तर, कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेन । धम्की दिएको आधा घण्टापछि सो समूह फर्केर महेश दम्पतीमाथि आक्रमण गर्रयो ।
श्रीमानलाई बचाउन खोज्दा जगरामी देवीको हत्या भयो । उनको टाउको र घाँटीमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि आक्रमणकारी भागेका थिए ।
असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई धम्की दिँदै आएको थियो । सोही कारणले हत्या भएको हुनसक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ ।
पछिल्लो समय कोरोना महामारी निउयन्त्रणका लागी गरिएको लक डाउनमा आत्महत्या र हत्याका घटनाहरु बढेका छन् ।