यूएई , १० असोज ।
यूएईमा जारी आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ चुनेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १७५ रन जोड्यो। उसका लागि पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे।
शिखर धवनले ३५ रन जोड्दा रिशव पन्तले नटआउट ३७ रन बटुले। श्रेयर इयर २६ रनमा आउट हुँदा मार्कोस स्टोइनिस ५ रनमा अविजित रहे।
१७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १३१ रन मात्र जोड्न सक्यो ।
उसका लागि फाप डु प्लेसिसले ४३ रन जोडे। केदार जादवले २६ रन जोडे भने कप्तान महेन्द्रसिंह धोनीले १५ रन र रवीन्द्र जडेजाले १२ रन बटुले।
दिल्लीले लगातार दोस्रो खेलमा जित निकाल्दा चेन्नई दोस्रो खेलमा पराजित भएको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline