काठमाडौँ , ९ असोज ।
गएको २४ घण्टामा देशभरबाट ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
आज ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार मोरंगका ५५ वर्षीया पुरुष र ६० वर्षीया महिला , सप्तरीका ७० वर्षीया पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।
यसैगरी ललितपुरका ५१ वर्षीया पुरुष , काठमाडौँकी ७५ वर्षीया महिला र कपिलवस्तुकी ७० वषीया महिलाले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार हाल ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा बसेका छन् ।
यस्तै कुल कोरोना संक्रमित मध्य ०.६५ प्रतिशत अर्थात ४ सय ५९ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline