सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट प्रदान गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणी ग्राहकहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट प्रदान गर्ने

  • शुक्रबार, अशोज ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

असोज ९ काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीबाट प्रभावित ऋणी ग्राहकका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ ।
बैंकका ऋणी ग्राहकले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले विज्ञप्ति जारी गरी जनाएको छ ।
व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर भन्दा कम नहुने गरी छुट दिईने बैंकका प्रमुख सञ्चालन अधिकृत अपुर्व प्रसाद जोशीले जानकरी दिए ।
जोशीका अनुसार व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा भने लागु हुने छैन ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ