अमेरिकी रेडक्रसका अनुसार संयुक्त राज्य अमेरिकामा प्रत्येक दुई सेकेन्डमा कसैलाई रगतको अभाव हुन्छ। प्रति दानमा प्रति व्यक्तिले १ पिन्ट रगत प्रदान गर्दछन्। तर एउटा कार दुर्घटना पीडित को लागी मात्र पनि धेरै पिन्ट रगतको आवश्यकता हुन सक्छ। यो संसारको कुनै प्रयोगशालामा वन्दैन मात्र मानव शरिरमा वन्छ त्यसैले रक्तदानको महत्व अरु संग तुलना हुन सक्दैन र हामीलाई थाहा नहुन पनि सक्छ रक्तदानले निम्न कुराहरु फाईदा हुन्छ ।
१. मानव शरिरमा जम्मा भएको हानिकारक आईरन घटाउनुहोस्
Mayo क्लिनिकका अनुसार संयुक्त राज्य अमेरिकामा प्रत्येक २०० मा एक व्यक्ति hemochromatosis भनिने रोगवाट ग्रसित हुन्छ यो भनेको शरिरमा आईरनको मात्र आवस्यक भन्दा वढी हुनु हो । हामी मध्ये धेरैलाई यो अवस्था थाहा नहुन सक्छ तर थाहा हुदैन किनकि त्यस्तो लक्षण छिट्टै देखिदैन । नियमित रक्तदानवाट शरिरमा भएको अधिकआईरन घट्छ ।
२. ह्रृदयघात र स्ट्रकको जोखिमलाई कम गर्छ
रक्त कोषहरूमा आइरन घटाएर, रक्तदानले हृदयघात र स्ट्रोकको जोखिमलाई पनि कम गर्न सक्छ। अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एउटा अध्ययनले तथयाङमा उल्लेख गरे अनुसार प्रत्येक छ महिनामा रक्तदान गर्ने ४३ गेखी ६१ उमेरका व्यक्तिहरुमा ह्रृदयघात र स्ट्कोक कम पाईएको छ । अमेरिकन जर्नल अफ एपिडेमियोलोजी द्वारा गरिएको अर्को अध्ययनमा अनुसन्धानले पत्ता लगाए कि कम्तिमा वर्षमा एक पटक रक्तदान गर्नेहरुमा ८८५ हृदयघात हुने खतरा छ कम हुन्छ ।
३. क्यान्सरको जोखिम कम हुन्छ
National Cancer Institute को अनुसन्धान कर्ताहरुले १२०० जनालाई २ समुहमा विभाजन गरे र एउटा समूहले वर्षमा दुई पटक रक्तदान गर्दा उनीहरूको शरीरमा अधिक आईरनको मात्र घटेको पाए र रक्तदान नगर्ने समुहको शरिरमा आईरनको मात्रमा कुनै कमी आएन । यस अध्ययनको नतीजाले रक्त दाताहरूको समूहमा फलामको मात्रा कम हुने जसको कारण फोक्सो, कलेजो, कोलोन र घाटीको क्यान्सर र मृत्युदरको जोखिम कम रहेको देखायो।
४. क्यालोरी नस्ट गर्छ
क्यालिफोर्निया विश्वविद्यालय, स्यान डिएगोका अनुसार तपाईले एक पिन्ट रगत दानमा अनुमानित ६५० क्यालोरी नस्ट हुन्छ। यद्यपि रक्तदानलाई तौल घटाउने योजनाको रूपमा सोच्न हुँदैन -केवल यसवाट थोरै अतिरिक्त प्रेरणा हुन्छ ।
५ निशुल्क रगत परिक्षण
तपाईं रक्तदान गरेको रगतवाट सिफलिस, एचआईभी, हेपेटाइटिस, र अन्य रोगहरूको लागि परीक्षण हुन्छ र यदी हाम्रो रगमा त्यस्तो कुनै खरावी रहेछ भने हामीलाई थप परिक्षणको सुझाव दिन्छन । अमेरिकी रेड क्रसले भन्छ परीक्षणले तपाईको रक्तप्रवाहमा फेला परेको तत्वको आधारमा दान गर्न योग्य हुनुहुन्छ वा छैन भनेर संकेत गर्दछ र भविस्यमा रक्तदान गर्न मिल्ने नमिल्न जानकारी गराउछ ।
६. रक्तदान पछी गर्वको अनुभुति हुन्छ
रगत दान गर्दा शारीरिक धेरै लाभहरू छन् र रक्तदातालाई आफु स्वस्थ रहेको मनोवैज्ञानिक अनभुति हुन्छ ।, रगत दान गर्नु भनेको कुनै व्यक्ति (वा धेरै व्यक्ति) को ज्यान जोगाउने सम्मको काम गरेनु हो । मनोवैज्ञानिक स्वास्थ्य लाभ भएको अनुभुति हुनु र अरुको ज्यान जोगाउने अभियानमा सरिक भईयो भन्दा यो मानवको लागि ठुलो गर्वको विषय हो ।
मानव शरिरमा निस्चित समय पछी रगतमा भएको पुरानो तत्वहरु नस्ट हुन्छ र नयॉ वन्छ । यदी त्यो शरिरमा रह्यो भने त्खेर जान्छ तर दान गर्रियो भयो भने कसैको लागि पुनर्जिवनको साचो हुन्छ । तसर्थ त्यसै खेर जाने तत्व कसैलाई दान गरेर आफु विभिन्न रोगवाट विजय हासिल गर्न र अरुलाई वचाउन नियमित रक्तदान गर्ने गरौ ।
अमेरिकन रेडक्रसको अनुसार १७ वर्ष उमेर पुगेका ( कुनै राज्यमा परिवारको स्वीकृतिमा १६ वर्षको) स्वस्थ मानिस कम्तिमा ११० पाउण्ड तौल भएको र रक्तदान गरेको ५६ दिन पुगेको जो कोहीले रक्तदान गर्न सक्छन ।
कुनै संक्रमण भएको, शरिरमा टाटु छापेको रिरके तापक्रम वढी भएको, कुनै एन्टिवायोटिक खाईरहेको र रक्तदानको लागि स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचाप भएको हेमोग्रोविनको मात्र आवस्यक भन्दा कम भएकोले रक्तदान गर्नु मिल्दैन । महिनावारी भएका महिलाहरुले पनि रक्तदान गर्नु हुदैन ।
सन्जय थापा , न्युयोर्क ( उनले हाल सम्म ७३ पटक रक्तदान गरीसकेका छन् ।