एजेन्सी ।
स्पेनिस महारथी क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्।
एट्लेटिकोले सुआरेजलाइ ६ मिलियन युरोमा २ वर्षको सम्झौता गरेको हो ।
बार्सिलोनाले सुआरेजलाई एट्लेटिको म्याड्रिडमा आबद्ध हुन बुधबार मात्र अनुमति थियो।
यसअघि बार्सिलोनाले उरुग्वेका फरवार्ड सुआरेजलाई आफ्नो प्रतिद्वन्द्वी क्लबमा जानका लागि सहमति दिएको थिएन।
सुआरेज सन् २०१४ मा ७४ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका थिए। त्यसयता उनले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline