नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

  • बिहिबार, अशोज ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ , ८ असोज ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई ३०९.५७ मा पुगेको छ । कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै रु २१ खर्ब बराबरको भएको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २० खर्ब ८० अर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.९३, व्यापार ७०.८५, होटल १७.२७, जलविद्युत् ५५.७१, वित्त ९.६२ र अन्य उपसमूह ८.९४ ले वृद्धि भएको छ । यस्तै, विकास बैंक १.६७, निर्जीवन बीमा ५३.९७, उत्पादन ९.३, लघुवित्त ०.५२, जीवन बीमा ४४.१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ७८ लाख ६४ हजार ४१२ बराबरको कारोबार भएको छ । यस्तै माथिल्लो तामाकोशी रु नौ करोड ५९ लाख ३६ हजार १५०, नेपाल पुनरबीमा कम्पनी रु नौ करोड ३८ लाख २४ हजार ६९८, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड ९२ लाख ५७ हजार ३५४, नेपाल बैंक लिमिटेड रु आठ करोड ५१ लाख ८९ हजार १०१, अपि पावर कम्पनी रु सात करोड २६ लाख नौ हजार र नेशनल हाइड्रोपावर कम्पनी रु पाँच करोड ३१ लाख ७३ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज अपि पावर कम्पनी ९.६७, माउण्टेन हाइड्रो ९.७३, सिनर्जी पावर ९.६८, हिमाल दोलखा हाइड्रोपावर ९.६८, दिव्यश्वरी हाइड्रोपावर ९.६४ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाए । यस्तै, सिटिजन म्यूचअल फण्ड एक २.१२, यूनिलिभर २, ग्लोबल आइएमइ डिबेञ्चर २, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १.९८ र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.९६ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ