एकैदिन अहिले सम्मकै धेरै १७ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन अहिले सम्मकै धेरै १७ जना कोरोना संक्रमितको मृत्यु

  • बिहिबार, अशोज ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ , ८ असोज ।
बिहीबार एकैदिन अहिले सम्मकै धेरै १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
आज १२ जना पुरुष र ५ जना महिला गरी १७ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार काठमाडौँ उपत्यकाका काठमाडौँकी ८२ वर्षीया महिला , भक्तपुरकी ७३ वर्षीया महिला , काठमाडौँकै ७५ , ७९ , ८० वर्षीया र भक्तपुरका ८४ वर्षीया पुरुषले कोरोनाका कारण आफ्नो ज्यान गुमाएका हुन् ।

यसैगरी उपत्यका बाहिर मोरंगका ५५ वर्षीया महिला , झापाका ७८ वर्षीया पुरुष , सुनसरीकी ८१ वर्षीया महिला पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।
त्यस्तै धनुषका ६८ र ७० वर्षीया पुरुष , रौतहटका ६५ वर्षीया पुरुष , धादिंगका ३२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
तनहुँका ३९ , दांगका ३९ , कपिल्वस्तुका ५० र नवलपरासीका ५५ वर्षीया पुरुषहरुको पनि कोरोनाले ज्यान लिएको हो ।

मन्त्रालयले जनाए अनुसार आज १७ जनको मृत्यु भएसंगै कुल मृतकको संख्या ४ सय ५३ पुगेको छ ।
यस्तै कुल संक्रमि मध्य ०.६५ प्रतिशतले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ