वालिङ , ८ असोज ।
स्याङ्जास्थीत वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरक १० जना बेपत्ता भएका थिए । बेत्तता भएका मध्य ९ जनाको शव र एक जनाको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए ।
पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका हुन् ।
घर माथिबाट आएको पहिरोमा पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली , ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको हो ।
अद्धकरकर्मीहरुले १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरेका हुन् । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ ।