वालिङ , ८ असोज ।
स्याङ्जास्थीत वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका १० जना मध्य छ जनाको शव फेला परेको छ।
बिहीबार बिहान माथिबाट आएको पहिराले स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका थिए।
बेपत्ता भएका १० जना मध्य एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको अधिकारीले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline