उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

  • सोमवार, अशोज ५, २०७७
  • डम्मर राज भट्ट

  • 15.8K
    SHARES

कन्चनपुर / सुदूरपश्चिम प्रदेशका चर्चित उद्योगपति तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा चयन भएका छन् । काठमाण्डौँबाट ईटा व्यावसाय शुरु गरेका सुदूरका उद्योगी चन्दले कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा आधुनिक क्रसर उद्योग संचालन गरेका छन् । उनी सहित तीन जना व्यवसायीलाई उद्योग वाणिज्य संघको कार्य समितिमा चयन गरिएको हो । महेन्द्रनगरका महिला व्यवसायी लक्ष्मी थापा९भट्ट०, अन्जु सुनुवार र बसन्तराज जोशीलाई चयन गरेको वाणिज्य संघले जनाएको छ ।

वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले १५ जनाको प्रस्ताव मध्ये रिक्त चार जनालाई चयन गरिएको बताए । राजनीतिक, प्रशासनिक, व्यवसायिक पहुँच भएका चन्दले यस अघि सुदूरपश्चिम प्रदेशको औद्योगिक एव व्यवसायिक विकासका लागि पहल गर्दै आएका थिए । चन्दले आफुलाई वाणिज्य संघले विश्वास गर्दै आएको बताए । ‘मलाई जुन हिसाबले वाणिज्य संघले विश्वास गरेकोछ, ‘उनले भने, ‘त्यही अनुरुप काम गर्छु ।’ सुख्ख बन्दरगह, दैजी औद्योगिक क्षेत्र, महाकारी कोरिडोर लगायत सुप प्रदेशको औद्योगिक व्यवसायिक विकासका लागि पहल गर्र्ने नव नियुक्त वाणिज्य संघका सदस्य तेज चन्दको संकल्प छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ