आगलागीबाट मोवाईल र मेडिकल पसल ध्वस्त

आगलागीबाट मोवाईल र मेडिकल पसल ध्वस्त

  • सोमवार, अशोज ५, २०७७
  • डम्मर राज भट्ट

  • 7.4K
    SHARES

बुटवल ४ असोज । बुटवलको देविनगरमा आईतबार राती करीब ११ बजे तिर आगलागी हुदा दुई पसल जलेर ध्वस्त भएका छन। बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थीत मनकामना पथमा रहेको रुक बहादुर थापाको घरमा रहेको पसलमा आगलागी भएको हो ।

उक्त घरमा रहेको लक्ष्मण नेपालीको मेडिकल पसल र कृष्ण एसकेको मोवाईलपसलमा आगलागि भएकोे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताएका छन् । पसलधनीले पसल बन्द गरेर घर गईसकेपछि आगलागी भएको स्थानीयले बताएका छन । आगलागीबाट दुईवटै पसल पुर्णरुपमा क्षति भएका छन् ।

१५ लाख रकम बरावरको क्षति भयको अनुमान गरीएको प्रहरी प्रमुख नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए । पुर्ण विवरण नआएको उहाँले बताउनु भएको छ । करिव ११ बजेतिर लागेको आगो स्थानीय बासिन्दा र नेपाल प्रहरीको सहयोगमा ४० मिनेट पछि नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार मोवाईल पसलमा बिद्धुत सर्ट भई आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ