रिसको झोकमा छोराले धकेल्दा बाबुको मृत्यु, ३ दिनपछि प्रहरीले गाडिएको अवस्थाबाट निकाल्यो शव

रिसको झोकमा छोराले धकेल्दा बाबुको मृत्यु, ३ दिनपछि प्रहरीले गाडिएको अवस्थाबाट निकाल्यो शव

  • सोमवार, अशोज ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

आँबुखैरेनी , ५ असोज ।
तनहुँको आँबुखैरेनीका ४१ वर्षीय राजकुमार गुरुङको शव गाडेको तीन दिन पछि निकालिएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ खस्राङस्थित घरमा गुरुङको भदौ ३१ गते हत्या भएपछि गुपचुप उनको शव गाडिएको थियो ।

गाउँमा मान्छे मारेर गाडिएको खबर पाएपछि शंका लागेर प्रहरी गाउ पुगेका थिए ।
गाउँ पुगेपछि दाहसंस्कार गरिसकेको राजकुमारको शव निकालेर प्रहरीले पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

गुरुङको हत्या आफ्नै छोराले गरेका जनाइएको छ ।
हत्यामा संलग्न रहेको खुलेपछि मृतकका छोरा २१ वर्षीय वीरमान गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले बताए ।

पौडेलका अनुसार आवेगमा धकेल्दा बाबुको मृत्यु भएको आरोपीले स्वीकारी सकेका छन् ।

अनुसन्धानको क्रममा मृतकको मदिरा सेवन गर्ने लत रहेको खुलेको छ ।

घटना घटेको दिन पनि गुरुङले मदिरा सेवन गरेर छोरा–बुहारीलाई ‘तिमिहरु घर छाड्’ भनेपछि विवाद भएको पौडेलले बताए ।

छोरा वीरमान र बुहारी सामान प्याक गरेर घरबाट निस्कन खोज्दा ‘आफ्नो भागको गाईवस्तु पनि लैजा’ भनेर कठालो समाएपछि छोराले राज कुमारलाई हुत्याएका थिए ।
आँगनमा बजारिँदा गुरुङको ज्यान गएको हो ।

हत्या आरोपमा पक्राउ परेका वीरमानलाई जिल्ला अदालत तनहुँबाट १० दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय आबुखैरीनको हिरासतमा राखिएको एसपी पौडेलले बताए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ