कोरोना अनुगमन सुचना बिभागको संयोजकमा यादव चयन

कोरोना अनुगमन सुचना बिभागको संयोजकमा यादव चयन

  • आइतवार, अशोज ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

४ असोज नवलपरासी । काङ्ग्रेस सह–महामन्त्री एवं नेपाली काङ्ग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाश शरण महतका अनुसार देश भित्र कोभिड १९ ले पारेको असरको सम्बन्धमा कोभिड–१९ अनुगमन समितिलाई नियमित रुपमा सूचना र जानकारी दिन तथा कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको भुमिका थप सशक्त बनाउन नवलपरासी सहित देशका सबै जिल्लामाहरुमा कोभिड–१९ संक्रमण सूचना संयोजक तोक्ने क्रम मा पश्चिम् नवलपरासी मा नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी प्रतापपुर गाउँपालिकाका अनोज यादव लाई कोरोना अनुगमन सुचना बिभागको संयोजकमा मनोनीत गरेको छ ।

सूचना संयोजकले जिल्लामा कोभिड–१९ संक्रमणको स्थिति परिक्षणको अवस्थामा ,कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, आईसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , विभिन्न समयमा भएका तथा हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक तथा सामाजिक अवस्थाको मूल्याकंन र सुचना केन्द्रलाई जानकारी गराउने साथै सरकारले चालेका कदमहरुको प्रभावकारी कार्यन्वयनका पक्षहरूलाई अध्यन गर्ने जस्ता कार्यहरु गर्नेछन ।

सामाजिक अभियन्ता समेत रहेका यादब कोरना नियन्त्रण तथा रोकथामका लागी आफू मात्र नभई पुरै जिल्ला समेट्ने गरि रातदिन लागि परेका थिए ।केन्द्रले आफुलाइ विश्वास गरेर वर्तमान अबस्थामा महत्वपुर्ण जिम्मेवारी दिएकोमा अझ सशक्त भएर लाग्ने कुरामा आफू गम्भीर भएको र आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ