असोज ४ काठमाण्डौं । काठमाण्डौ उपत्यकामा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै उपत्यकामा ७६७ जना संक्रमित थपिएका छन् । जस अनुसार काठमाण्डौमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना थपिएका छन् ।
नेपालमा आज १३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ६४ हजार एक सय २२ पुगेको छ । अब सक्रिय संक्रमित १७४७८ जना रहेका छन् ।
क्वारेन्टाईनमा ७ हजार ४ सय ५१ जना रहेका छन् । गत २४ घण्टामा ९६६ जना कोरोनामुक्त भएका छन् । यो सगैँ कोरोना जीत्नेको संख्या ४६ हजार २३३ जना पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline