काठमाडौँ , ४ असोज ।
एकैदिन १० जना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार ६ महिला र ४ पुरुष गरि १० जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
आज काठमाडौँ उपत्यकामा ६ जना र उपत्यका बाहिर ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
आज काठमाडौँकी ४० , ६० , ६३ वर्षीय महिला , भक्तपुरकी ७२ वर्षीय महिला , ललितपुरकी ७५ वर्षीय महिला र काठमाडौँकै ८२ वर्षीया पुरुषले ज्यान गुमाएका छन् ।
यसैगरी धनुषाका ७६ वर्षीया पुरुष , चितवनका ८० वर्षीया पुरुष , रुपन्देहीका ६७ वर्षीया पुरुषले पनि आजै कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाल्पाकी ४० वर्षीय महिलाको पनि आजै कोरोना संक्रमणबाट ज्यान गुमाएकी हुन् ।
आज १० जनाको निधन भए संगै नेपालमा कोरोना संक्रमणबाट आफ्नो ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ ।
मन्त्रालयले जनाए अनुरुप कुल संक्रमित मध्य ०.६४ प्रतिशतले आफ्नो ज्यान गुमाएका छन् ।
हाल देशभर १७ हजार ४ सय ७८ सक्रिय संक्रमित रहेका छन् ।