असोज ४ काठमाडौं । प्रदेश एक का मुख्य मन्त्री शेरधन राई बिरुद्ध यौन हिंशा गरेको आरोप लगाउदै आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
आज नेकपाको सचिवालयको बैठक बस्ने दिन उनी पनि पार्टी कार्यलयमा पुगेको बेला पक्राउ परेकी हुन् ।
उनलाई किन पक्राउ गरेको एकीन नभए पनि शंकास्पद गतिविधि गरेको दाबी प्रहरीको छ । नेकपाको सचिवालयको बैठक बस्नु अघि नै बालिका कार्यलयमा पुगेको बुझिएको छ ।
बालिकाले मुख्य मन्त्री राई बिरुद्ध जिल्ला अदालत काठमाण्डौमा नाता प्रमाणित गर्न दिएको मुद्धा केही दिन अघि मात्रै फिर्ता लिएकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline