काठमाडौँ , ४ असोज ।
पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज ९ सय ६६ जना निको भए संगै कुल डिस्चार्ज हुनेहरुको संख्या ४६ हजार २ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार ७ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना रहेका छन् ।
कुल कोरोना संक्रमित मध्य ७१ प्रतिशत निको भइ घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline