५० प्रतिशत भन्दा कम भाडामा टिकट बेच्दै एयरलाइन्स

५० प्रतिशत भन्दा कम भाडामा टिकट बेच्दै एयरलाइन्स

  • आइतवार, अशोज ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौँ , ४ असोज ।
कोरोना महामारीका कारण ठप्प रहेको हवाइ व्यावसाय सात महिनापछि खुल्न लागेको हो ।
सात महिना पछि खुल्न लागेको आन्तरिक उडानको भाडादर सुरूवाती दरमा सरुतोमा खुलेको छ। एयरलाइन्सहरूले सिमित उडान अुोज ५ गतेबाट खुलाउने निर्णय गरेसँगै सुरूवाती भाडाबाट उडान खुल्ने भएको छ।

एयरलाइन्सहरुले सरकारले तोकिदिएको भाडाको तल्लो आधारबाट भाडादर लिइरहेका छन्।
एयरलाइन्सहरूले खुलाएको टिकट बुकिङअनुसार काठमाडौंबाट बाहिरिने यात्रुका लागि सदाको भन्दा ५० प्रतिशत कममा टिकट बुकिङ खुलाएको हो ।

सरकारले विभिन्न तहका लागि भाडादर तोकिदिएको हुन्छ। जसमा एयरलाइन्सहरूले माग धेरै हुँदा भाडादर बढाउछन् भने थोरै हुँदा घटाउने गर्छन्।

तर, अधिकतमभन्दा बढी लिन भने पाउँदैनन्।

बुद्ध एयरले नेपालगञ्जका लागि खुलाएको बुकिङमा भोलिका लागि ५५ सय भाडादरमा अहिले टिकट उपलब्ध भइरहेको छ भने यति एयरलाइन्सको ४३ सयमा।

नेपालगञ्जको अधिकतम भाडा ११ हजार रुपैयाँसम्म लिने गरिएको छ। यद्यपी यो भाडामा इन्धनको मूल्य तलमाथि हुँदा हेरफेर हुन्छ।

यद्यपी यो भाडादर बेलुका वा भोलिसम्म अझै बढ्नसक्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ