असोज ४ धादिङ । धादिङको गल्छीमा पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको छ ।
ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको थियो । अहिले ट्यांकरका चालक र सहचालक सम्पर्कमा आएको प्रहरीले जनाएको छ । उनीहरु सकुसल रहेका छन् । गाडीको स्टेयरिङ अड्किएर दुर्घटना भएको उनीहरुले प्रहरीलाई बताएका छन् ।
नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । सुरक्षाकर्मीले उद्धारको प्रयास गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline