भारतमा रहेका नेपालीलाई पैसा पठाउन सहज बनायो माछापुच्छ्रे बैंकले, भारतको ओम एक्सप्रेस पेमेन्टसगँ रेमिट्यान्स सम्झौता

भारतमा रहेका नेपालीलाई पैसा पठाउन सहज बनायो माछापुच्छ्रे बैंकले, भारतको ओम एक्सप्रेस पेमेन्टसगँ रेमिट्यान्स सम्झौता

  • शुक्रबार, अशोज २, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

असोज २ काठमाण्डौं । नेपालमा रहेको उत्कृष्ट बैंक मध्यको एक माछापुच्छ्रे बैंक लिमिटेडले भारतमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमा पैसा पठाउन सहज तुल्याएको छ । माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबिच भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज तुल्याउन रेमिट्यान्स सम्झौता गरेका छन् ।
उक्त सम्झौता अनुसार भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतको जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि.का १५९ शाखाकार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमाप्राप्तगर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्नेछ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा दिईरहेको माछापुच्छ्रे बैंकले १५९ वटा शाखाहरु, १३३ शाखा रहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत अत्याधुनिक सुविधा उपलव्ध गराउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ