कैलाली , २ असोज ।
कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराई मृत फेला परेकी छिन् ।
शुक्रबार मध्यान्ह घोडाघोडी नगरपालिका–५ स्थित फुलवारी सामुदायिक बनमा निर्मलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले बताए ।
उनी भदौ ३१ गते बजार जान निस्केकि थिइन् ।
२४ वर्षीया निर्मलाको शव रुइनाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने बताइएको छ । मृत्युको यकिन कारण खुलेको छैन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline