काठमाडौँ , २ असोज ।
गएको २४ घण्टामा ८ सय ७१ जनाले कोरोना जितेर घर फर्केका छन् ।
आज ८७१ जना निको भएसंगै नेपालमा कोरोना जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाएअनुरुप हाल १७३ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी हाल संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ७१.१ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline