महामारीका बेला सुदुरपश्सिम विश्वविद्यालयमा कार्यरत सुुरक्षा गार्ड मजदुरको जागिर खोसियो

महामारीका बेला सुदुरपश्सिम विश्वविद्यालयमा कार्यरत सुुरक्षा गार्ड मजदुरको जागिर खोसियो

  • शुक्रबार, अशोज २, २०७७
  • डम्मर राज भट्ट

  • 14K
    SHARES

कञ्चनपुर, १ असोज ।  कोरोना कहरकै मुखमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत सुरक्षा गार्ड मजदुरको जागिर खोसिएको छ ।
महामारीका बेला बेरोजगारलाई जागिर दिनुको साटो रोजगारीमा रहेकालाई रित्तै हात घर पठाउन लागेको भन्दै विश्वविद्यालयमा कार्यरत सुरक्षागार्ड आन्दोलित भएका छन् । योग्यता हुँदाहुदै आफन्तवाद, राजनीतिक पुर्वाग्रही पहुँच नहुँदा विश्वविद्यालयकै पदाधिकारीले केही मजदुरलाई पुनः जागिर दिलाएको र केहीको रोजीरोटी खोसेको भन्दै आन्दोलित भएका हुन् ।
लामो समयदेखि सुरक्षा गार्डको रुपमा कार्यरत १० जना सुरक्षा गार्ड मजदुर मध्ये ६ जनाको जागिर खोसिएको हो, भने चार जनाको पुनः नियुक्ती भएको छ ।
उच्च पदस्थ पदाधिकारीकै दवावमा उनीहरुलाई पुन कम्पनीले राख्न बाध्य भएको भन्दै जागिर खोसिएका सुरक्षागार्ड रुष्ट भएका छन ।
विश्वविद्यालयले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय उपकुलपति र रजिष्ट्रार निवासमा सुरक्षाका लागि १० जना गार्डको आब्हान गरेको थियो । यस अघि कालिनचोक सेक्युरेटरी प्रालिले सुुरक्षाको जिम्मा पाएको थियो, भने १ असोजदेखि गुफफोर गुरुकुल जेभीले पाएको छ । ग्रुफफोर गुरुकुल सेक्युरेटरी कम्पनीले खटाएका सेक्युरेटरी मजदुरलाई पुरानाले कार्यालय प्रवेस गर्न दिएका थिएनन् ।
कम्पनीले विश्वविद्यालयसंग सम्झौता गर्दा १० जना सुरक्षागार्डको नाम प्रस्ताव राखेपनि पदाधिकारीको दवावमा सम्झौतामा उल्लेख भन्दा कार्यरतलाई राखिएपछि पुराना सुरक्षा गार्ड चिढिएका हुन् ।
०६८ सालदेखि सुप विश्वविद्यालयका सुरक्षागार्डको रुपमा कार्यरत उपरसिह धामीले कुनै सुचना वा जानकारी बिनै विश्वविद्यालयले हटाएको दुखेसो पोखे । ‘हामी लामो समयदेखि काम गर्दै आएका थियौँ, ‘उनले भने, ‘आज आएर एक्कासी हटाउन खोजियो, तर केहीलाई राखियो ।’ संगैका चार जना साथिहरुलाई पुन नियुक्ती दिएपनि आफुहरुलाई नदिएको बताए ।
पुराना मध्येका चार जना राखेपछि बाँकी सुुरक्षागार्ड चिढिएका हुन् । उनीहरुले मजदुर संगठन गुहारेका छन् । अखिल नेपाल ट्रेड यूनियन महासंघ कञ्चनपुरका नेता पदम राज भट्टले विश्वविद्यालयले कसैलाई राख्ने कसैलाई हटाउन दवाव दिने कार्यबाट मजदुर मारमा परेके बताए । ‘यि मजदुरको कुनै योग्यता काममा कमि कमजोरी गल्ती गरेको प्रमाणित भए हटउनुपर्छ, ‘उनले भने, ‘विभिन्न स्वार्थका आधारमा छनौट गर्नु हुदैन् ।’ अखिल नेपाल सेक्युरेटरी मजदुर संगठनका सुप इन्चार्ज कमलेस भण्डारीले विश्वविद्यालयबाटै विवाद झमेला झिकिएको बताए । ‘हटाउनै परेपनि सबैलाई हटाएर पुरै नयाँ राख्नुपर्छ, ‘उनले भने, ‘कसैलाई हटाउने, कसैलाई राख्न दवाव दिनु अनुचित कार्य हो ।’
सुप विश्वविद्यालयका प्रवक्ता गोबिन्द वल्लव पन्तले कम्पनीले कानुन अनुसार सुरक्षागार्ड राखेको बताए । ‘कम्पनीले सम्झौता गरेर पुरै प्रकृुया पु¥याएको छ, ‘उनले भने, ‘व्यवहारिक रुपमा काम गर्र्दै आएकाहरुले संगैका चार जनलाई राखेको हामीलाई नराखेको भन्ने गुनासो जायज हो ।’ नयाँ आएका सुरक्षा गार्डलाई डिउटी गर्न दिनुपर्ने उनको भनाई छ । विश्वविद्यालयले उनीहरुको जागिर चट नभई कम्पनीले चाहेको व्यक्ति राख्ने प्रावधान भएको उनको दावि छ । विश्वविद्यालयका सुरक्षागार्ड मात्र होईन अन्य कर्मचारी, प्राध्यापक भर्ना गर्दा पनि विवाद हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी