फिफा वरियतामा नेपाल यथावत्

फिफा वरियतामा नेपाल यथावत्

  • बिहिबार, अशोज १, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

असोज १ काठमाण्डौ । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।

त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९औँ, बङ्गलादेश १८७औँ, श्रीलङ्का २०६औँ र पाकिस्तान २००औँ स्थानमा रहेका छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।

एक स्थान झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ