असोज १ काठमाण्डौं । विश्वव्यापाी कोरोना भाईरसको महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द भएका सार्वजनिक यातायात आजबाट खुल्ला भएका छन । आजबाट काठमाण्डौ भित्रिने र काठमाण्डौबाट बाहिर जाने सहित सबै यातायात खुल्ला गरिएको हो ।
लकडाउन र निषेधाज्ञाका कारण संकटमा परेका यातायात व्यवशायले आजबाट केही राहतको महसुस गरेको छ ।
यद्यपि, सवारीमा जोर बिजोर प्रणाली भने कायम राखिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार नै यातायात सञ्चालन गर्नु पर्ने छ ।
यसैबीच आजैबाट उपत्यकाका सबै होटल तथा रेष्टुरेन्ट पनि खुल्ला भएका छन् । गत साउन ६ गते पछि केही खुलेका होटल रेष्टुरेन्ट पुनः भदौ ३ गतेको निषेधाज्ञा पछि फेरी ठप्प भएका थिए ।
निषेधाज्ञा केही खुकुलो भए पछि भदौ अन्तिम साताबाट फेरी केही खुलेका थिए भने अब पूर्ण रुपले सबै व्यापार व्यवशाय समेत सुचारु हुनेछन् ।
जात्रा, जुलुस, विरोधसभा, भेला, धार्मिक गतिविधि, शैक्षिक संस्था, सिनेमा हल, सैलुन र ब्युटीपार्लर, जिमखाना, अन्य समूहगत खेलकुद क्षेत्र भने अभैm सुचारु हुने छैनन् ।
यी क्षेत्र अर्को आदेश पछि मात्रै खुल्ला हुने छ ।