कर्मचारी सञ्चय कोष ५९ बर्षमा प्रवेश, प्रधानमन्त्रीबाट शुभकामना व्यक्त

कर्मचारी सञ्चय कोष ५९ बर्षमा प्रवेश, प्रधानमन्त्रीबाट शुभकामना व्यक्त

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

भदौ ३१ ललितपुर । कर्मचारी सञ्चय कोष आजबाट ५९ औं वर्षमा प्रवेश गरेको छ । करीब ६ दशक लामो यात्रामा रहेको कोष देशकै ठूलो वित्तीय संस्था बनेको छ । यसले करीब ६ लाख २८ हजार सञ्चय कर्ताको ४ खर्ब हाराहारीको अनिवार्य बचत परिचालन गर्दछ ।
कोषले कोरोना महामारीका कारण सामान्य औपचारीक कार्यक्रम गरेर बार्षिकोत्सव सम्पन्न गरेको जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले कोषको लामो अनुभवबाट सामाजिक सुरक्षा कोष लगायत अन्य संस्थाका लागि अनुकरणीय हुने विस्वास व्यक्त गर्नु भएको छ ।
“यस कोषले सञ्चयकर्ताको योगदान रकमको कुशल व्यवस्थापन गरी सञ्चयकर्तालाई राम्रो प्रतिफल सहित वृद्धावस्थाको आर्थिक सुरक्षा प्रदान गर्ने तथा नियमित बचतको रूपमा जम्मा भएको लगानीयोग्य पुँजीलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासका क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको छ । ” प्रधानमन्त्री ओलीद्धारा व्यक्त शुभकामनामा भनिएको छ ।
कोषको आगामी दिनको भूमिका अझ प्रभावकारी र विस्वसनीय बन्नेमा प्रधानमन्त्रीले शुभकामना दिनु भएको छ ।
यसै गरी सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शुभकामना सन्देश दिदै “गुणस्तरीय सेवा प्रवाहलाई प्रविधिमा आधारीत बनाउँदै वित्तीय स्रोतको कुशलतापूर्वक परिचालन गर्न कोष निरन्तर अघि बढीरहेको जनाउनु भएको छ ।
उहाँले कर्मचारीहरुको सञ्चयकोषको कुशल व्यवस्थापन गरी सुदृढ तथा विश्वसनीय
संस्थाको रूपमा स्थापित हुन कोष सफल भएको छ । सञ्चयकोष व्यवस्थापन गर्न
कानूनद्धारा‚थापित कर्मचारी, सञ्चय कोषको कार्य क्षेत्र र दायित्व, विस्तार हुँदै गएको छ । सामाजिक सुरक्षा सम्बन्धी नेपाल सरकारको नीतिलाई सबल र परिणाममुखी बनाउन कोष लागिरहेको छ । आर्थिक विकासको लागि आन्तरीक पुँजी परिचालन गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने कार्यमा कोष प्रतिबद्ध रहेको जनाउदै आमसञ्चयकर्ताको अपेक्षा पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यसै गरी कोषका प्रशासक तुलसी प्रसाद गौतमले एक प्रतिवद्धता जारी गर्दै करीब ६ लाख २८ हजार सञ्चयकर्ताको ३ खर्ब ८७ अर्ब रुपैयाँ भन्दा बढी सञ्चय कोष तथा निवृत्तभरणा कोष सहितको वित्तीय स्रोत परिचालन गरी मुलुकको सबै भन्दा ठूलो वित्तीय संस्था एवम् जेठो सामाजिक सरक्षा संस्थाको हैसियत कायम गर्न कोष सफल भएको बताउनु भएको छ । कोषले सञ्चयकर्तालाई वृद्धावस्थाका लागि आर्थिक सुरक्षा प्रदान गर्नुका साथै,विभिन्न प्रकारका सामाजिक सुरक्षा योजना र सेवाकालीन आर्थिक आवश्यकता पूरा गर्न सापटी योजनाहरू सञ्चालन गरी सञ्चयकर्तालाई लाभान्वित गराउदै आएको जनाउदै प्रशासक गौतमले कोषको यो अविरल यात्रामा नेपाल सरकारको सहयोग, सञ्चालक समितिको नीतिगत मार्गदर्शन,सरोकारवाला,
निकायहरूसँगको सहकार्य, कोषका सम्पूर्ण कर्मचारीहरुको सक्रिय योगदान एवम् कर्मचारी सङ्गठनहरूको रचनात्मक भूमिकाको माध्यमबाट हामी हाम्रा रणनीतिक सुधारका प्रयासहरूलाई सार्थक बनाउन सफल हुने विस्वास व्यक्त गर्नु भएको छ ।

कोषबाट अनलाईन सापटी सेवा शुरु

कोषले अनलाईन माध्यमबाट सापटीको साँवा ब्याज भुक्तानी तथा किस्ता तिर्न सकिने व्यवस्था गरेको छ ।

२०१९ साल भदौं ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा छ लाख भन्दा बढि सञ्चयकर्ता आबद्ध भएका छन् । कोषले करिब साढे तीन खर्बको पुँजि परिचालन गर्दै आएको छ ।

कोषले आफ्ना कर्मचारीहरुलाई स्वास्थ्य बीमा सुविधा आफैले सञ्चालन गर्दै आएको छ । २०७५ मंसिर १ गतेदेखि राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी छ लाखभन्दा बढि निजामति कर्मचारीहरुलाई बीमा सुविधा दिएकोमा दावी भुक्तानी प्रक्रिया झन्झटिलो भएको भन्दै आफैले बीमा सेवा प्रवाह गर्दै आएको छ ।

५९ र्आौ बार्षिकोत्सवको अवसरमा कोषले आज बुधबार नेपालकै सबैभन्दा आधुनिक डाटा सेन्टरको शुभारम्भ गरेको जनाएको छ । निजामति कर्मचारीहरुलाई विशेष सुविधा दिन केन्द्रीत रहेको कोषले आफ्ना सञ्चयकर्तालाई विभिन्न प्रयोजनको लागि सापटी दिने, आवास सुविधा दिने, बीमा सुविधा दिने जस्ता काम गर्दै आएको छ ।

सञ्चय कोष नेपालका सबैभन्दा ठूलो कोष भएको वित्तीय संस्था समेत हो । ठूला बैंक, राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई ठूलो पुँजि आवश्यक पर्दा कोषले नै योगदान गर्दै आएको छ ।

क्र्मचारी सञ्जय कोषको राजधानीमा दर्जनभन्दा बढि व्यापारिक भवनहरु निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएको छ । सुन्धाराको काठमाडौं मल, ठमेल, पुल्चोक, लगनखेल लगायतका स्थानमा कोषका ठूला व्यापारिक भवनहरु रहेका छन् । कोषले आगामी दिनमा सात वटै प्रदेशमा प्रदेश कार्यालयमार्फत सेवा प्रवाह गर्ने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ