सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका डिआइजी ब्रम्हचार्य सीमाको निगरानीमा निरन्तर खट्दै

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका डिआइजी ब्रम्हचार्य सीमाको निगरानीमा निरन्तर खट्दै

  • सोमवार, भदौ २९, २०७७
  • दिपक चौरसिया

  • 24.6K
    SHARES

बारा, २९ भाद्र । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्य निरन्तर सीमा निगरानीमा जुटेका छन । नेपाल र भारत दशगजामा रहेको सीमा स्तम्भको साथ साथै सीमा नाकाबाट हुने अबैध क्रियाकलापको निरन्तर निगरानी गरिरहेका हुन ।
बारा, पर्सा, रौतहट लगायत प्रदेश नम्बर २ को ८ वट्टै जिल्लाहरूमा अहोरात्री आफै खटी सशस्त्र प्रहरी बल नेपालका डिआइजी ब्रम्हचार्य निगरानी गर्न थालेका छन । सीमामा खटिएका सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूलाइ कडा निगरानी बढाउन निर्देशन दिनुको साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउन निर्देशन दिनु भएको हो ।

आज बाराको सिम्रौणगढ, पिपरपाती, कवहिगोठ लगायतको ठाउहरूमा निरीक्षण गर्न आउनु भएका डिआइजी कृष्णभक्त ब्रम्हचार्यले बाराको सबै बोर्डर आउट पोस्टका प्रमुखहरूलाइ निगरानी बढाउन निर्देशन दिनुको साथै गल्ती गर्ने प्रहरी अधिकारीहरूलाइ कानून बमोजिम कारवाही गर्न समेत चेतावनी दिनुभयो । उहाले आफ्नो संगठनको नीति निर्देशन विपरित कुनैपनी बि।ओ।पि कमान्डर काम गरेको फेला परे आफू कारवाही गर्नबाट पछि नहटने बताउनु भयो ।
सीमा स्तम्भको निरीक्षणमा निस्केका डिआइजी अचार्य आज अबेर रातीसम्म निरीक्षण गरिने बताउनु भयो । सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी ठूलो भएको र आफ्नो संगठनले सीमा स्तम्भको लागि थप जनशक्ती परिचालन गर्ने डिआइजि कृष्णभक्त ब्रम्हचार्यले जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी