वीरगन्ज , २९ भदौ ।
नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत दुमरबाना-१४ बाराकी ५५ वर्षीया महिलाको सोमबार राति ७:१५ मा मृत्यु भएको नारायणी अस्पतालका कोरोना फोकल पर्सन डा.अतुलेश चौरासियाले जानकारी दिनुभयो ।
चौरासियाका अनुसार उनलाइ उच्च रक्तचाप र मधुमेहका कारण आज बिहान ११:१५ मा अस्पताल भर्ना गरिएको थियो ।
उनको कोरोना परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको डा.चौरासियाले बताए ।
मृतक महिलाको आइसीयुमा उपचार भइरहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline