बीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

बीरगञ्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

  • सोमवार, भदौ २९, २०७७
  • दिपक चौरसिया

  • 5.7K
    SHARES

वीरगंज भदौ २९ । पर्सामा फेरि थप एक जनाको कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचारत वीरगंज–१० की ५५ बर्षिय महिलाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चौरसियाका अनुसार भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको महिलाको आइतबार दिउसो २स्५५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वारो र स्वासप्रश्वासमा समस्या देखिएपछि उलाइ १० गते अस्पताल भर्ना गरिएको महिलामा फोक्सो फाइब्रोसिस पनि देखिएको थियो ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ। साउन यतामा मात्रै ५७ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६१ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४३ जना, बाराका १३ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ