भदौ २९ काठमाडौँ । स्वास्थ्य सामाग्री खरीद प्रकृयामा अनियमिततासगँ जोडिएको र समयमै स्वास्थ्य सामाग्री नल्याएको भन्दै विवादमा परेको ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले आज ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।
ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो । सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले कालो सूचीमा राख्न सिफारीस गरेको थियो ।
यस्तै कार्यालयले अरुण कन्स्ट्रक्सनलाई पनि १ वर्षका लागि कालोसूचीमा राखेको छभने वीटी– टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline