भदौ २९ पेरिस । फ्रान्सेली लिग वानमा आईतबारको एउटै खेलमा पिएसजीका नेयमार सहित पाँच खेलाडीले रातो कार्ड खाएका छन भने खेल पनि टिमले हारेको छ ।
मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेलको अन्त्यमा झगडा हुँदा नेयमार सहित पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ । खेलमा भने मार्से १–० ले विजयी हुन सफल भयो ।
त्यसमा फ्लोरिन थउभिनले निर्णायक गोल गरे र पीएसजी सन् १९८४–८५ यता पहिलो पल्ट लिगको सुरुआती दुवै खेलमा पराजित रह्यो ।
पीएसजी अंक तालिको पुछारबाट तेस्रो स्थानमा छ । झगडाका क्रममा पीएसजीका लियोनार्डो पारेडेस र लेभिन कुरजवा तथा मार्सेका जोर्डन अमाभी र डारियो बेनेडेटोलाई पनि रातो कार्ड देखाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline