५१ बालबालिकालाई राहत रकम प्रदान

५१ बालबालिकालाई राहत रकम प्रदान

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

राजविराज , २८ भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित पाँच बर्षमुनिका बालबालिकालाई आज राहत रकम वितरण गरेको छ । वडा नं.१ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गर्नुभएको हो ।

युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रति बालबालिकालाई रु पाँच हजारका दरले उक्त राहत रकम वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न आग्रह गर्नुभयो । खाँडो खोलाको बाढीका कारण सो गाउँपालिकाको वडा नं. १ बेल्ही पटक–पटक प्रभावित बन्दै आएको छ । कोइलाडी र बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम रहेको अधिकृत झाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ