काठमाडौँ , २८ भदौ ।
कोरोना महामारीका कारण नेपालमै अड्किएका विदेशी नागरिकका लागी अध्यागमन विभागले भिसामा केही सहजीकरण गरिदिएको छ।
अब ‘टुरिस्ट, वर्किङ, फेमिली र एनआरएन’ भिसामा रही नेपालमा रोकिएकालाई सम्बन्धित देश फर्किन सहजीकरण भएको अध्यागमन विभागले जनाएको हो।
अध्यागमनले जनाए अनुसार भदौ ४ गतेभन्दा पछाडि भिसा सकिएकाले कुनै जरिवाना तिर्नुपर्ने छैन।
त्यस्ता व्यक्तिहरू आफ्नो देश फर्किन पाउनेछन्। असोज ११ गतेसम्म कुनै जरिवानाविना त्यस्तो किसिमको भिसामा सहजीकरण गरिदिएको विभागका महानिर्देशक रमेश केसीले बताए।
उनका अनुसार भदौ ४ गतेभन्दा अगाडि भिसा सकिएर बसेकालाई दुई दिनको समय दिइएको छ। जसअनुसार सेप्टेम्बर १५ (भदौ ३०) सम्म बिना जरिवाना सम्बन्धित देशमा फर्किन समय दिइएको छ।
‘चैत ८ गतेपछि भिसा सकिएको छ भने उनीहरूलाई भदौ ३० सम्म जरिवाना लाग्दैन,’ केसीले भने।
तर, यसपछि पनि उडान नपाएका कारण बस्नुपरेमा हरेकले तीन डलर जरिवाना तिर्नुपर्ने छ। यो अवधि मंसिर मसान्त अर्थात डिसेम्बर १५ सम्म रहने छ।
सरकारले भदौ १७ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाएको छ।
उडान खुलेसँगै समस्यामा परेकाहरूलाई मध्यनजर गरेर भिसामा सहजीकरण गरिएको विभागले जनाएको छ।