काठमाडौं, भदौं २८ । पूर्ण घाटामा गएको र देशमा १८ घण्टा बढी लोडसेडिङ भएको अवस्थामा विद्युत प्राधिकरणमा आएर लोडसेडिङ हटाउनुका साथै प्राधिकरणलाई नाफामा पुर्याउन सफल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आजबाट सकिएको छ ।
उनी विदा भएसगैँ विद्युत प्राधिकरण नेतृत्व विहिन भएको छ । घिसिङलाई नै पुनः नियुक्ति दिनु पर्ने चौतर्फी माग भईरहे पनि सरकार भित्र कोही ल्याउनु पर्ने पक्षमा र कोही ल्याउन नहुने पक्षमा रहेको स्रोतले बताएको छ ।
कुलमानलाई नै दोहोर्याउने भनेर उर्जामन्त्री वर्षमान पुनले सार्वजनिक रुपले बोलिरहे पनि मन्त्रीपरिषद् बैठकमा अझै प्रस्ताव गएको छैन ।
भोली बस्ने मन्त्री परिषद् बैठकमै समेत प्रस्ताव जाने नजाने अन्यौल रहेको स्रोतको दाबी छ ।
यदी कुलमान घिसिङलाई नदोहोर्याउने अवस्थामा विद्युत विकास विभागका निर्देशक नवीन सिंहलाई ल्याउने समेत विकल्प तयार पारेको र प्रधानमन्त्री ओली भने कुलमान वा नवीन भन्दा पनि अर्कै व्यक्तिलाई ल्याउने चाहनामा रहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली पुननिर्माण प्राधिकरणका सिईिओ सुसील ज्ञवालीलाई ल्याउनु पर्ने पक्षमा रहेको बताईन्छ ।
स्वयं नेकपाका अध्यक्ष प्रचण्ड भने कुलमानलाई नै दोहोर्याउनु पर्ने पक्षमा देखिदै आएका छन् ।
नेकपाभित्रका नेताहरुको स्वार्थ हानाथापका कारण आम मानिसको चाहना विपरीत कुलमानलाई नियुक्ति नदिन किनै पक्ष लागि परेको केही जानकारको दाबी छ । २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङ आजै कार्यकाल सकेर फर्कन लागेका छन् ।
यस अघि आधा कार्यकालका लागि भए पनि कुलमानलाई दिने हल्ला चले पनि अझै निर्णय गर्न सरकारले सकेको छैन ।