२४ घण्टा नबित्दै टिचिङ अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

२४ घण्टा नबित्दै टिचिङ अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ , २८ भदौ ।
काठमाडौंस्थीत टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित पुरुषको निधन भएको छ।
टिचिङ अस्पतालमा उपचारकोक्रममा मृत्यु हुनेहरुमा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाले जानकारी दिए।

मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष र सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषहरु रहेका छन् ।

काठमाडौंका ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै काठमाडौंकै ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए। मधुमेहका समेत रोगी रहेका उनको गए राति सवा ११ बजे मृत्यु भएको हो। काठमाडौँका ६४ वर्षीय पुरुषको भने किड्नी फेल भएको थियो ।
काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो।

सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको डा. थपलियाले जनाए। उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ