त्रिभुवनवस्ती , भदौ २८ ।
कञ्चनपुरमा प्रहरी कार्यालयमै गएर स्थानीयले प्रहरीमाथि कुटपिट गरेका छन् ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको प्रहरी कार्यालयमै आएर स्थानीयले प्रहरी निरीक्षकसहित कर्मचारीमाथि कुटपिट गरेका हुन् ।
चौतारोमा तास खेलिरहेका ६/७ जनालाई पक्राउ गरिएको विषयमा विवाद भएपछि स्थानीयले इन्स्पेक्टर वकिल सिंहसहितका कर्मचारीमाथि हातपात र ढुंगा प्रहार गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार केही प्रहरी कर्मचारी समान्य घाइते भएका छन् र केहीको बर्दी च्यातिएको छ ।
प्रहरीमाथि आक्रमण भएको घटनाबारे अनुसन्धान भइरहेको थापाले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline